Follow us

कम्प्युटरः परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर

कम्प्युटरः परिचय

  • कम्प्युटर एउटा विद्युतिय उपकरण हो जसले IPO (Input Process Output) Cycle मा आधारित भएर काम गर्दछ ।
इनपुट (Input):
  • प्रयोगकर्ताले कम्प्युटर प्रणालीलाई प्रदान गर्ने डेटा (Data) तथा निर्देशन (Instruction)  लाई इनपुट भनिन्छ ।
प्रसोधन (Process):
  • इनपुट एकाइ बाट लिइएका डाटामा प्राप्त निर्देशन अनुसार  कार्य गर्नुलाई प्रसोधन (Process) भनिन्छ ।
आउटपुट (Output):
  • प्रशोधन एकाइले इनपुट(Input)लाई दिइएको निर्देशन अनुसार प्रसोधन गरिसकेपछि आउने नतिजा वा परिणाम लाई नै आउटपुट भनिन्छ ।
  • आउटपुट लाई थप दुई भागमा विभाजन गर्न सकिन्छः
    • सफ्टकपि आउटपुट (Softcopy Output)
    • हार्डकपि आउटपुट (Hardcopy Output)